डोटीमा एक लाख ३८ हजार नगद सहित जुवा खालबाट ७ जना पक्राउ

Image
maya metro

डोटी – डोटीमा जुवा खेलीरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । जुवाकै खालबाट एक लाख ३८ हजार ८ सय ८७ रुपैयाँ बरामद समेत भएको छ ।

मंगलबार दिँउसो २ बजे पूर्वीचौकी गाउँपालिका– २ बगलेक स्थित हिरा श्रिमालको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालयको टोलीले पाँच गड्डी तास र नगद सहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए ।

nisarga

पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका पाँच बस्ने दिपेन्द्र जेठारा, सोही ठाउँका सुरज केसी, अमिर गोतामे, टिका सिंह भण्डारी, भेषराज धामी, शंकर बहादुर बोहरा र पूर्वीचौकी गाउँपालिका २ बगलेकका घरधनी हिरा श्रीमाल रहेको प्रहरीले बताएको छ।