महाकाली पौडिएर नेपाल छिरे भारतीय सैनिक

Image
maya metro

धनगढी – दार्चुलामा भारतीय सेना अनुमतिबिनै नेपाल प्रवेश गरेको छ। भारतीय प्यारामिलिट्री फोर्सअन्तर्गतको गोर्खा रेजिमेन्ट सेनाका जवान बुधबार महाकालीमा पौडी खेलेर नेपाल आएका हुन्।

जिल्लाको महाकाली नगरपालिका–४ मा महाकालीमा पौडी खेल्दै ढुंगामा डोरी बाँध्न रेजिमेन्टका जवान नेपाल प्रवेश गरेका थिए। उनीहरू नदीमा रेस्क्यू तालिम गर्न पौडी खेलेर नेपालतर्फ आएको बुझिएको छ। उनीहरूले तालिमका लागि डोरी बाँध्न लाग्दा नेपाल प्रहरीले देखेको र नेपालतर्फ बाँधेको डोरी फुकाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। त्यसपछि उनीहरूलाई भारततर्फ पठाइएको दार्चुला प्रहरीका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए।

nisarga

महाकाली अन्तरराष्ट्रिय सीमा नदी भएकाले नेपाल प्रवेश गर्न अनुमति लिनुपर्ने हुन्छ। तर भारतीय पक्षले आज कुनै जानकारी नदिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।