
धनगढी – कैलालीमा हतियारसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलारी गाउँपालिका–३ का स्थानीय ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरी रहेका छन् ।
सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कठायतको कमाण्डको टोली कैलालीको कैलारी गाउँपालिका आसपासको जंगल क्षेत्रमा गस्तीमा रहेको अवस्थामा बिहीबार बिहान साढे ४ बजेतिर उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुबाट एक थान बारबोर बन्दुक र ५ कार्तोस गोली बरामद गरेको छ ।पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।





























