मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु

Image
maya metro

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका-९ पत्थरगाढामा गएराति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।

स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लागेको थियो।

nisarga

करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

रासस