
एएफपीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको जनाएको छ । बिहीबारको आक्रममा कम्तीमा ८ जनाको मृत्यु भएको र केही हराइरहेको युक्रेनी अधिकारीले जनाएका छन् ।
युक्रेनको बोर्डर गार्ड सर्भिस(डीपीएसयू) ले रुसी सेना गाडीसहित दक्षिणी युक्रेनमा प्रवेश गरेको बताएको छ । ट्विटरमा तस्बिर सार्वजनिक गर्दै डीपीएसयूले रुसी सेनाको गाडी क्रिमिया प्रायद्वीप हुँदै युक्रेन छिरेको बताएको छ । युक्रेन छिर्नुभन्दा पहिले रुसी सेनाले गोलीबारी गरेको पनि जनाइएको छ ।

यसैबीच संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपत्कालीन बैठकलाई सबैलाई सयंम अपनाई कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न अपिल गरेको छ ।















