
अत्तरिया – कैलालीको अत्तरियामा भोलीदेखी संचालन हुन लागेको सुदूरपश्चिम प्रादेशीक महोत्सवको तयारी पुरा भएको छ । आयोजक अत्तरिया उधोग वाणीँज्य संघले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
आयोजकले महोत्सवकालागी कलाकार छनोट लगाएत अन्य वयवस्थापनका सबै कामको तयारी पुरा भएको छ । फाुल्गुन १३ गतेदेखी २५ गतेसम्म संचालन हुने महोत्सवको संघीय सरकारका सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दिउँसो १ बजे उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

अत्तरिया उधोग वाँणीज्य संघका अध्यक्ष अशोकराज देवकोटाले महोत्सवको उद्घाटन अघि यस क्षेत्रका कला संस्कृति झल्कने बाजागाजा र (याली सहित अत्तरिया बजार परिक्रमा गरेर महोत्सव स्थलमा प्रवेश गराइने बताए । उनले छोटो समयमै महोत्सवको तयारी पुरा भएको भन्दै विगतका वर्षजस्तै यसवर्ष पनी प्रमुख अतिथीलाई यस क्षेत्रका समस्या सहितको मागपत्र बुझाईने बताए ।
त्यसकालागी यस क्षेत्रका पाँचओटा जती समस्या समेटेर मागपत्र तयार गरिएको पनी उनले बताए । महोत्सवमा करिब डेढ करोडको कारोबार हुने अपेक्षा लिएको संघका अध्यक्ष देवकोटाले बताए । उनले महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिएको बताए । कोरोना महामारीको जोखिम कायमै भएकाले टिकट वितरण गर्ने ठाउँमा निःशुल्क मास्क वितरणको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
देवकोटाले कोरोना महामारीको जोखीम कायमै रहेकाले महोत्सव स्थलमा निशुल्क मास्क वितरणको व्यवस्था गरिने जनाए । समय अभावका कारण मुख्य प्रायोजक जुटाउन नसकिएको र, प्रवर्धकका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको आयोजकले जानकारी दिएको छ । विगतका वर्षभन्दा स्टलको संख्यापनी घटाइएको बताईएको छ । महोत्सव अवधिमा करिब डेढ करोडको कारोबार हुने र एकलाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
यस्तै अत्तरिया उद्योग बाणिज्य संघले महोत्सवमा बिक्री हुने टिकटबाट प्रतिटिकट ५० पैसा गोदावरी आर्यघाट व्यवस्थापनका लागि दिइने जनाएको छ । अध्यक्ष देवकोटाले गोदावरी आर्यघाट अव्यस्थीत फोहोर भएकोले सामाजिक उत्तरदायित्व अन्तरगत प्रति टिकट ५० पैसा गोदावरी आर्यघाट व्यवस्थापनका लागि दिने निर्णय गरिएको बताए ।
महोत्सवको सुरक्षाका लागि बिषेश प्रवन्ध मिलाइएको उद्योग बाणिज्य संघले जनाएको छ । अध्यक्ष देवकोटाले सुरक्षाका लागि सशस्त्र प्रहरी, जनपथ प्रहरी र निजी सुरक्षाकर्मी पनि परिचालन गरिने बताए । निजी क्षेत्रबाट पनि २५ जना सुरक्षागार्ड परिचालन गरिने र सुरक्षाकै लागि ड्रोन क्यामेरा पनि उडाउने तयारी गरिएको देवकोटाले जानकारी दिए ।
संघले महोत्सव आयोजनाका लागि फागुन ५ गते मात्रै निर्णय गरेको थियो । त्यसअघि पुस महिनामा आयोजना गर्ने भनिएको महोत्सव कोरोना महामारीका कारण तयारी गरेर अन्तिम समयमा स्थगित भएको थियो । महोत्सवमा टिकटको दर ५० रुपैयाँ तोकिएको छ । विद्यार्थीले भने कार्डका आधारमा ४० रुपैयाँमा प्रवेश पाउने छन ।














