
धनगढी – कैलालीमा घरमा लुकाइ राखेको चरेशसहित एकजना पक्राउ परेका छन्। बिहीबार जिल्लाको चुरे गाउँपालिका ५ लिसबेलीका ७० वर्षीय आइते जाग्री १३ किलो चरेशसहित पक्राउ परेका हुन्।
उनले घरमा लुकाइ राखेको अवस्थामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय जनाएको छ।

उनलाइ पक्राउ गरेर कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइएको प्रहरीले जनाएको छ।





























