कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार जिल्लाको गौरीगंगा नगरपालिका-१ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको सुपप्र ०१००१० प्र २०७७ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक गौरीगंगा-८ का ३४ वर्षीय साजन बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। उपचारका लागि धनगढीको पद्मा अस्पताल ल्याईएको थियो । उनलाई थप उपचारकालागी सेती प्रादेशिक अस्पताल रिफर गरिएकोमा शुक्रबार राति नै उनको मृत्यु भएको प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । राती नौ बजेको समयमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

nisarga