एमसीसी पास गरेको बिरोधमा अत्तरिया चोकमा बिहानै टायर जलाइयो

Image
maya metro

अत्तरिया –  एमसीसी पास गरेको बिरोधमा अत्तरिया चोकमा बिहानै टायर जलाइएको छ । बन्दकर्ताले चोकमा सवारी साधन रोकेर टायर जलाएका हुन ।

एमसीसी पास गरेको बिरोधमा ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका छन ।

nisarga

नेपाल कम्युनिष्ट पार्टीको केन्दीय कार्यालय काठमाण्डौंमा बसेको बैठकले एमसीसीको प्रतिवाद गर्न आज एक दिनका लागि बन्द घोषणा गरेको थियो ।

संसदबाट एमसीसी पारित भएसँगै ८ साना वामपन्थी राजनीतिक दलले आन्दोलनको घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपासहितका दलहरुले आन्दोलनको घोषणा गरेका हुन् ।