
अत्तरिया – एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सहित ६ दलले गरेको बन्दको प्रभाव अत्तरियामा सामान्य परेको छ ।
अत्तरियाबाट चल्ने लामो दुरीका यातायातका साधन चलेका छैनन् भने कलेज तथा विधालयहरुसंगै अत्तरिया बजार पनी बन्द रहेको छ । छोटो दुरीका तथा निजी यातायातका साधनहरु मोटरसाइकल,तिन पांग्रे अटो भने पातलो संख्यामा चलीरहेका छन् ।

अत्तरिया चौराहमा बिहानैदेखी सुरक्षा व्यवस्था कडा पारीएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।

उनले इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत सबै जनशत्ति बिहानैदेखी खटाईको र तयारी अवस्थामा राखीएको बताए । दुइओटा गाडी स्कटीङका लागी तयारी अवस्थामा राखीएको बताँउदै पोखरेलले भने “इप्रका मालाखेती मातहतका सबै प्रहरी युनीटहरु मसुरीया,राजीपुर,स्याउले,खैराना,लालपुर,चौकीडाँडा सबै ठाँउमा प्रहरी टोली खटाएका छौँ ।”
अत्तरिया चौराहमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली खटीएको छ ।































