
अत्तरिया – कैलालीको अत्तरियामा महिनावारी स्वच्छताको शिक्षण सहयोगि सामग्रीको पुर्व अभ्यास तथा अभिमुखीकरण तालिम सुरु भएको छ । तालिमको बिहिवार एक औपचारिक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाका प्रमुख हरिसिंंह साँउदले उद्घाटन गरेका हुन् ।ग्लोबल एक्सन नेपाल,एमएचएमपिए,जिआइजेड र गोदावरी नगरपालिकाको सहकार्यमा तालिमको आयोजना गरिएको हो । तालिममा गोदावरी नगरपालिका भित्रका आठ ओटा विधालयका शिक्षकहरुका साथै,विभिन्न संघसँस्थामा आवद्ध ब्यक्तिहरुको सहभागिता रहेको छ ।तालिम फाल्गुन २३ गतेसम्म चल्नेछ ।





























