आमाको पुन्य तिथीमा सु प समावेशी विधालयलाई खाधान सहयोग

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको सु प समावेशी विधालयलाई खाधान सहयोग गरिएको छ । धनगढी तारानगरका मदन बहादुर बमले स्वर्गीय आमा मनकुमारी बमको पुन्यतिथीमा विधालयलाई खाधान सहयोग गरेका हुन् ।

राष्ट्रीय मा वि तारानगरबाट प्रधानाध्यापकबाट हालै सेवानिवृत्त भएका बमले विधालयलाई दश हजार मुल्य बराबरको खाध सामग्री हस्तान्तरण गरेका हुन् । बमकोे साथमा उनी धर्मपत्नी मधु बम पनी सामेल थिईन् । सामग्री विधालयकी प्रधानाध्यापक देवी साँउदले ग्रहण गरेकी हुन् ।

nisarga

खाध सामग्रीहरुमा चार कठ्ठा मेघाराज चामल,दाल,तेल,चिनी लगाएत रहेका थिए । सामग्री हस्तान्तरण गर्दै बमले पुन्य कार्यमा सहभागी हुन पाँउदा खुसी लागेको बताए । सु प समावेशी विधालयमा हाल शारीरीक अपांगता भएका ७२ जना बालबालीका अध्ययनरत रहेका छन् ।