
धनगढी – धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जना घाइते भएका छन्। शुक्रबार बिहान हसनपुरमा मोटरसाइकल र स्कुटी ठोक्किँदा दुई जना घाइते भएका प्रहरीले बताएको छ।
घाइतेहरुलाई उपचारका लागि निसर्ग अस्पताल लगिएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।






























