कैलालीको घोडाघोडी ताललाई नेपालकै पहिलो बर्ड सेन्चुरी घोषणा

Image
maya metro

धनगढी – कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभयआरण्य क्षेत्र) शुक्रबार एक कार्यक्रमका बिच गरिएको छ ।

घोषणा कार्यक्रम सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले उदघाटन गरेका छन । उदघाटन कार्यक्रममा बोल्दै भट्टले नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा) क्षेत्र भनेर घोडाघोडी रहेको छ । यसलाई सबैले मिलेर व्यवस्थित तरीकाले अगाडी बढाउनु पर्ने मुख्य मन्त्री त्रिलोचन भट्टले बताए । उनले भने प्रदेश सरकार अन्तरगत पर्ने योजनामा जति लगानी लागे पनि यसमा रहेको भ्यु–टावर बनाउने बताए ।

nisarga

 विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसारमा ३६० प्रजातिको चराचुरुङ्गी पाइने गरेका छन । यो सिमसारमा साइबेरिया, मङ्गोलिया लगायत विभिन्न ठाउँबाट हिउँदे आगन्तुक चरा पनि आउने गरेका र यहाँ पाइने चरामध्ये ६४ प्रजातिका चराहरु जलपक्षी रहेका छन

सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन बन तथा बाताबरण मन्त्रालयको सहकार्य र घोडाघोडी नगरकार्यपालिका आयोजना बर्ड सेन्चुरी घोषणा गरियको हो ।
हाम्रो देशमा अहिलेसम्म एउटा पनि बर्डं सेन्चुरी छैन । प्रसिद्ध घोडाघोडीसहित ठूलासाना २४ वटा ताल रहेको घोडाघोडी सिमसार क्षेत्र १० हजार ५७० हेक्टर क्षेत्रफलमा फैलिएको छ । तर, चरा अभय आरण्य क्षेत्र करिब छ हजार भन्दा बढी हेक्टर क्षेत्रफललाई समेटेर बनाइदैछ ।

मान्छेले बर्ड सेन्चुरी घोषित क्षेत्रमा जान पाउने तर, चराको संसारलाई हस्तक्षेप गर्न नपाइने जनाइएको छ । घोडाघोडी सिमसारमा रैथाने प्रजातिको साथै चरा प्रजाति सङ्ख्या बढ्दै गएको छ । यसैगरी, अन्यत्र बासस्थान नपाएका चरा यहाँ आउने गरेका छन । मङ्गोलियन र साइबेरियन चराको लागि नेपालको चार रुटमध्ये घोडाघोडी सिमसार पनि एउटा रुट हो । जाडो छल्नका लाथि त्यहाँबाट चराहरु यहाँ आउने गर्दछन्न ।

मानवीय हस्तक्षेपका कारण घोडाघोडी सिमसारमा चराको प्राकृतिक बासस्थान बिगिँ्रदो क्रममा रहेको छ । प्रसिद्ध घोडाघोडी ताल क्षेत्र वरिपरि प्लाष्टिकजन्य वस्तु फाल्नेसहित फोहोरमैला गर्ने कार्य बढ्दो छ । बर्ड सेन्चुरी बनाइएमा घोडाघोडी क्षेत्रमा भइरहेको प्रदुषण कम हुने विश्वास संरक्षणकर्मीको छ ।

प्राकृतिक सुन्दर दृश्यले भरिपूर्ण घोडाघोडी चरा अवलोकनसहित पद्यात्रा गर्नका लागि निकै महत्वपूर्ण सिमसार हो । चरा पर्यटनको सम्भावनालाई नै मध्यनजर गरेर सो नगरपालिकाको वडा नम्बर ३ स्थित माघीमा थारु होमस्टे पनि सञ्चालनमा रहेको छ । यद्यपि, चरा पर्यटन फष्टाउन नसकेका कारण होमस्टे पनि खासै चलेको छैन ।