सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनुपर्छ : मन्त्री आले

Image
maya metro

गोदावरी – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनुपर्ने बताएका छन्।

शनिबार धनगढीस्थित क्षेत्रीय रङ्गशालामा सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशि भएका खेलकुद भइरहेकाले यो क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा प्राकृतिक पर्यटन मात्र नभएर खेलकुदका माध्ययमबाट चिनाउन आवश्यक रहेकामा जोड दिए।

nisarga

मन्त्री आलेले धनगढी रङ्गशालामा रात्रिकालीन खेल हुने गरी स्तरोन्नति आवश्यक रहेको जनाउँदै यसका लागि आवश्यक बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देश समेत दिए। उनले भने “वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ। म जनताको शीर नझुक्ने गरी नयाँ नयाँ काम गर्छु।” मन्त्री आलेले धनगढी विमानस्थललगायत सुदूरपश्चिममा रहेका विमानस्थलका लागि बजेट विनियोजन गरेको जानकारी दिए।

रासस