गोदावरीको काठे पुलमा राखिएका पुराना झण्डा फेरिए

Image
maya metro

अत्तरीया – कैलालीको गोदावरीमा रहेको काठे पुलमा राखिएका पुराना झण्डा फेरिएका छन । सामाजिक संस्था थ्रीडीभीएल क्रियशनको आयोजनामा गोदावरी नगरपालिका – ४ मा रहेको काठे पुलका झण्डा फेरिएका हुन ।

आज एक कार्यक्रमकाबीच झण्डा फेरीएको संस्थाका सचिव लोक राज ओझा (एलआर) जानकारी दिए । उनले पहिला राखिएको झण्डा पुरानो भएपछि आज होली पर्वको अवसर पारेर र गोदावरी नगरपालिकाको आर्थिक सहयोग एबम संस्थाको सहकार्यमा २१ ओटा झण्डा फेरिएको बताए ।

nisarga

उक्त पुलमा १ बर्ष अगाडी थ्रीडीभीएल क्रियशनले संचालन गरेको अभियान मार्फत २१ झण्डा राखिएका थिए ।

उक्त कार्यक्रममा संस्थाका सचिव ओझा सहित सल्लाहकार समितिका सदस्य तपराज ओझा र यशोदा चोखाल, संस्थाकी सदस्य खगेस्वरी पाण्डे, कृष्ण ओझा, अनिसा क्षेत्री एबम सम्पूर्ण संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।