हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

Image
maya metro

कालीकाेट – कालीकोट पलाँता गाउँपालिका-५ खिनकी २४ वर्षीया गीता शाही बमको हेलकप्टरमार्फत उद्धार गरिएको छ ।

सुत्केरी हुन नसकेपछि बमलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो । वडा अध्यक्ष वीर बमको पहलमा सुत्केरीको उद्धार गरिएको हो ।

nisarga

खिनको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले सुत्केरी गराउन नसकेपछि बिहीवार नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीलाई प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान समन्वय इकाइ काठमाण्डौलाई सुत्केरीको उद्धार गर्न पत्राचार गरेको थियो ।