प्रधानमन्त्री देउवाले गरे देशकै दोस्रो ठूलो विद्युत सबस्टेशन उद्घाटन

Image
maya metro

काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको साँखेमा निर्माणाधीन नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेसन उद्घाटन गरेका छन् । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत निर्मित उक्त सबस्टेसन निर्माण भएको हो ।

न्यू खिम्ती देशकै दोस्रो ठूलो विद्युत सबस्टेशन हो । रामेछापको मन्थली–१३ देवीटारमा निर्माण भएको सबस्टेसनले दोलखाको गोंगरबाट आएको २२० केभी लाइनलाई नयाँ खिम्ती हुँदै ढल्केबरसम्म जोडेको छ ।

nisarga

सोही लाइनलाई २२०÷१३२ केभी, १०० एमभिएको ट्रन्सफर्मर भई १३२ केभी प्रसारण लाईनबाट काठमाडौंमा पनि जोड्नेछ । सो सबस्टेशनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ ।

ढल्केबरपछि पछिको यो दोसो ठूलो सवस्टेशन हो । ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका ३ वटा सवस्टेशन सञ्चालनमा छन् ।

नयाँ खिम्ती सबस्टेसनमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ५२.४ मेगावाटको लिखु २ र २४.१ मेगावाटको लिखु ए जलविद्युत आयोजनाका साथै गज्र्याङ हाइड्रोपावर, खिम्ती २ को गरी ७५० मेगावाट जलविद्युत आयोजना यहि सबस्टसनमा जोडिने छ ।