चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

Image
maya metro

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन्।

तीन दिने भ्रमणका लागि वाङ शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। बिहीबार नै भारत पुगेका वाङ त्यहाँको भ्रमण सकेर विशेष विमानमार्फत् नयाँदिल्ली हुँदै काठमाडौं आएका हुन्।

nisarga

अफगानिस्तान, पाकिस्तान र भारत भ्रमण पूरा गरी वाङ नेपाल आएका हुन्। उनले आज चिनियाँ राजदुतावासमा ब्रिफिङ लिएपछि शनिबार र आइतबार उच्चस्तरीय भेटवार्ता गर्नेछन्।

उनले समकक्षी डा. नारायण खड्कासँग शनिबार दुईपक्षीय वार्ता गर्नेछन्। भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विदेश मन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्कने छन् ।