
डोटी – डोटीको शिखर नगरपालीका १० गंगालेक स्थीत भवानी आधारभुत विधालयका २४ जना बालबालीकालाई शैक्षीक सामग्री वितरण गरिएको छ ।
स्थानीय युवा योगेन्द्र रावतको समुन्वय तथा राजेश सिहं रावतको सहयोगमा विधार्थीहरुलाई शैक्षीक सामग्री वितरण गरिएको हो ।

गरिब विपन्न तथा जेहेन्दार विधार्थीहरुलाई थोरै भएपनी सहयोग पुगोस भन्ने उदेश्यले शैक्षीक सामग्री हस्तान्तरण गरिएको गहनान सामुदायीक युवा क्लबका अध्यक्ष समेत रहेका योगेन्द्र रावतले बताए ।
शैक्षीक सामग्री वितरण कार्यक्रममा शिक्षक,अभिभावक लगायतको उपस्थीती रहेको थियो ।
साथै विधालयको भवन जिर्ण अवस्थामा रहेकाले समयमै मर्मत गर्न समेत विधालयका प्रधानाध्यापक शेर बहादुर बलायरलाई आग्रह गरिएको उनले बताए ।













