
अत्तरिया – सुदुरपश्चिम प्रदेश स्तरिय गोदावरी मेयर कप भलिबल प्रतियोगिता अत्तरियामा सुरु भएको छ । प्रतियोगिताको शनीबार एक औपचारीक कार्यक्रमका बिच नेपाली भलिबल टिमका राष्ट्रीय जगदिश प्रकाश भट्टले उदघाटन गरेका हुन् । । श्रजनशिल युवा क्लबले आयोजना गरेको उत्त प्रतियोगीताको मुख्य प्रवद्धकमा गोदावरी नगरपालीका रहेको छ । प्रतियोगितामा प्रदेशभरका १० वटा टिम सहभागी रहको खेलका संयोजक बिक्रम बिष्टले बताएका छन्।


प्रतियोगितामा विजेता टिमले नगद २ लाख ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने तथा उपविजेताले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि, मेडलर प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विष्टले बताए । प्रतियोगीतामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरीएको छ ।प्रतियोगीता चैत्र २९ गतेसम्म चल्ने छ ।
















