
धनगढी – स्कुटर दुर्घटनामा परी डडेल्धुराका एक युवकको काठमाडौंमा मृत्यु भएको छ।
आइतबार राति १२ बजे तिर बा ६१ प ८९८८ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक डडेलधुराका २६ वर्षीय केविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटर अनियन्त्रित भएपछि दुर्घटना भएको प्रहरीले बताएको छ। श्रेष्ठ काठमाडौंको कोटेश्वर बस्दै आएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।













