
ताप्लेजुङ – ताप्लेजुङको फक्ताङ्लुङ-६ लेलेपमा आमाबुबाकाे हत्या गरेकाे आराेपमा छोरा पक्राउ परेका छन् ।
लेलेपको गोटीछाँगाका २५ वर्षीय आइतराज लिम्बुलाई ७५ वर्षका बुबा बृखबहादुर र आमा ७२ वर्षकी फिपरानी लिम्बुको हत्या गरेकाे आराेपमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्याल ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले आइतराजले धारिलो हतियार प्रयोग गरी बुबा आमाको हत्या गरेको जानकारी दिएका छन् ।
जाँडरक्सी खाएर झगडा गरी आमाबुबाकाे हत्या गरेको हुनसक्ने बताइएको छ । प्रहरी प्रशासनले हत्या आराेपित आइतराजलाई पक्राउ गरेकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


















