
दिपायल – पूर्वीचौकी गाउँपालिकामा एक वडाको मतगणना सकिदा गठबन्धनका उमेदवारले दुई मत मात्रै प्राप्त गरेका छन् । नेकपा – एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र)को गठबन्धन रहेको सो गाउँपालिकामा गाउँपालिका अध्यक्षका उमेदवारले ११ सय ७६ मत गणना हुँदा दुई मत मात्रै प्राप्त गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी)को तर्फबाट गाउँपालिका अध्यक्षका उमेदवार रहेका देव बहादुर खड्काले दुई मत मात्रै प्राप्त गरेका हुन् । उनिसँग गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र)का गाउँपालिका उपाध्यक्षका उमेदवार हरिश कुवँरले १५ मत मात्रै प्राप्त गरेका हुन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाबाट गाउँपालिका अध्यक्षका उमेदवार दिपक बहादुर धामी पनि सुन्य मतमा सिमित छन् ।
नेपाली कांग्रेसका उमेदवार भने करिव दोब्बर मतले अगाडी रहेका छन् । वडा नं. १ को मत गणना गरिसक्दा वडा अध्यक्ष सहित नेपाली कांग्रेसको पूरै प्यानल बहुमतले विजयी भएको छ ।
नेपाली कांग्रेसका तर्फबाट गाउँपालिकाका अध्यक्ष उमेदवार राम प्रसाद उपाध्याय ७ सय ७७ मत सहित अगाडी रहेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार कृष्ण कुमार खड्काले ३६९ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका तर्फबाट गाउँपालिकाका उपाध्यक्षका उमेदवार पशुपति खड्काले ७ सय ४३ मतले अगाडी छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार शारदा कुमारी साउँदले ३ सय ७६ मत प्राप्त गरेकी छिन् ।
वडा नम्बर एकको मत गणना सकिएसँगै वडा नम्बर ७ को मत गणना सुरु गरिएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिएका छन् ।












