
अत्तरिया – कैलालीको अत्तरियाकी धनादेवी चोखालले उत्कृष्ट महिला उद्यमीको नामबाट पाएको रकम समाजसेवामा खर्च गरेकी छिन् ।
चोखालाई चैत्र ९ गते काठमाण्डौंमा एक कार्यक्रमकाबिच ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२२’ ले चोखालाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट महिला उद्यमी अवार्डद्धारा सम्मानित गरिएको थियो ।

उनलाई केशव माधव कृषि फार्म प्रालिको संचालनका रुपमा संम्मानित गरिएको थियो ।
सो अर्वाडमा ५० हजार नगद राशी सहित सम्मानपत्र रहेको थियो । चोखालले सोहि नगदबाट कञ्चनपुरको कृष्णपुरमा निर्माणाधीन शिव मन्दिरमा सरीया तथा सिमेन्ट सहयोग गरेकी छिन् भने कैलालीको बर्दगोरी गाँउपालीकामा रहेको साहरा घरमा भोजन सेवा गराएकी छिन् ।
त्यस्तै अत्तरियाको महिला तथा बालबालीका सेभ हाउसमा खाध सामग्रीहरु चामल,आलु,नुन,तेल लगायत सहयोग गरेकी हुन् । विभीन्न सामाजिक कार्यमा संलग्न रहँदै आएकी उनले मिहेनत गरेर कमाएको सम्मान मार्फत सहयोग गर्न पाँउदा खुसी लागेको बताएकी छिन् ।
सातै प्रदेशका सात जनाले उत्कृष्ट महिला उद्यमी अवार्ड पाएका थिए । उद्यम, व्यवसायलाई प्रोत्साहन गर्ने यस्तो कार्यक्रम न्यू बिजनेश एजले सन् २०१३ देखि गर्दै आएको छ ।


















