बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

Image
maya metro

डोटी – बोगटान फुड्सील गाउँपालिकाको अध्यक्षमा नेकपा ( माओवादी केन्द्र ) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादीका उमेदवार कमल बहादुर गड्सिला विजयी भएका हुन् भने उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विष्ना देवी बम विजयी भएका हुन् ।

अध्यक्ष गड्सिला ३४ मतको अन्तरले विजयी हुनुभएको हो भने उपाध्यक्ष बम ७२ मतको मतान्तरले विजयी भएका हुन् ।
गड्सिलाले २ हजार ५८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार हस्त बहादुर बुढाले २ हजार २४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उमेदवार डील बहादुर बमले एक हजार ९ सय ३४ मत प्राप्त गरेका छन् ।

nisarga

उपाध्यक्षमा कांग्रेस उमेदवार विष्ना देवी बम २ हजार ६३ मत ल्याउँदै विजयी भएका हुन् । । उन्का निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार ज्ञानु मल्ल बमले एक हजार ९ सय ९१ मत प्राप्त गर्नु भयो । अर्का प्रतिद्वन्द्वी नेकपा ( माओवादी केन्द्र ) का उमेदवार कलावती कुमारी चिमालले एक हजार ८ सय ७१ मत प्राप्त गरेका छन् ।

बोगटान फुड्सील गाउँपालिकाका ७ वटा वडाहरु मध्य २ वटा वडामा नेकपा (एमाले), दुई वटा वडामा नेकपा (माओवादी केन्द्र) र बाँकी ३ वटा वडाहरुमा कांग्रेस विजयी भएको छ ।

बोगटानमा नेकपा (माओवादी केन्द्र)लाई नेकपा (एकीकृत समाजवादी)को पनि साथ रहेको छ ।