
डोटी – डोटीका नौ ओटै स्थानीय तहको मतपरिणाम सार्वजनीक भएको छ । सबै स्थानीय तकमा नेपाली कांग्रेसको वर्चस्व देखीएको छ । दुई नगरपालिका र ७ वटा गाउँपालिका रहेको डोटीमा नेपाली कांग्रेस सात वटा पालिकामा विजयी भएको छ।
नेपाली कांग्रेसले दुई नगरपालिका र पाँच गाउँपालिकामा जित हासिल गर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक/एक पालिकामा मात्रै विजयी भएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा नेपाली कांग्रेस मेयर/उपमेयर सहित विजयी भएको छ । त्यस्तै सायल, आदर्श, पूर्वीचौकी र बडीकेदार गाउँपालिकामा पनि नेपाली कांग्रेस अध्यक्ष/उपाध्यक्षसहित विजयी भएको छ ।

जोरायल गाउँपालिकामा अध्यक्ष/उपाध्यक्षसहित नेकपा (एमाले) विजयी भएको छ भने बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उमेदवार र उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । डोटी जिल्लामा ९ वटा पालिका र ६५ वटा वडाहरु रहेका छन् । ६५ वटा वडाहरु मध्य नेपाली कांग्रेस सबैभन्दा बढी ३९ वडाहरुमा विजयी भएको छ । नेकपा एमाले १८, नेकपा माओवादी केन्द्र ५ र नेकपा एकीकृत समाजवादी एक वडामा विजयी भएको छ । त्यस्तै एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार र एउटा वडामा स्वतन्त्र उमेदवार विजयी विजयी भएका छन् ।
यस्तो छ विवरण:
नेपाली कांग्रेसले जितेका पालिका तथा प्रमुख/उपप्रमुख
दिपायल सिलगढी नगरपालिका– प्रमुख बाजिसिं खड्का ‘बिजय,’ उपप्रमुख -कल्पना साउद
शिखर नगरपालिका– प्रमुख – दीर्घबहादुर बलायर, उपप्रमुख -सुनिता रावल
पूर्बीचौकी गाउँपालिका– अध्यक्ष -रामप्रसाद उपाध्याय, उपाध्यक्ष – पशुपतिदेवी खड्का
बडीकेदार गाउँपालिका– अध्यक्ष स् भैरबबहादुर साउद उपाध्यक्ष स् डम्मरी कुमारी बिष्ट
आदर्श गाउँपालिका– अध्यक्ष – गणेशबहादुर खड्का, उपाध्यक्ष – लक्ष्मी रोकाया
सायल गाउँपालिका– अध्यक्ष -धर्मराज जोशी उपाध्यक्ष – निर्मला बोहरा ओली
केआईसिंह गाउँपालिका– अध्यक्ष -लोकेन्द्रबहादुर शाही उपाध्यक्ष – मिनादेवी बिष्ट
नेकपा एमालेले जितेको पालिका तथा प्रमुख-उपप्रमुख
जोरायल गाउँपालिका– अध्यक्ष -दुर्गादत्त ओझा उपाध्यक्ष स् जमुना बोहरा
नेकपा माओवादी केन्द्रले जितेको पालिका तथा प्रमुख
बोगटान फुड्सिल गाउँपालिका– अध्यक्ष -कमल गड्सिला उपाध्यक्ष- बिष्ना देउवा बम (नेपाली कांग्रेस)












