सरकारको नीति तथा कार्यक्रम जेठ १० गते प्रस्तुत हुने

Image
maya metro

काठमाडौं – सरकारको नीति तथा कार्यक्रम जेठ १० गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ।

जेठ १० गते दिउँसो ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। प्रतिनिधिसभाको अर्को बैठक नीति तथा कार्यक्रम प्रस्तुत भएपछि २०७९ जेठ १० गते साँझ ६ बजे बस्नेछ।

nisarga

शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु हुँदै सभामुख अग्निप्रसाद सापकोटाले जेठ १० गते नीति तथा कार्यक्रम प्रस्तुत हुने बताएका हुन् ।  सभामुख सापकोटाले बैठक सुरु हुनुभन्दा १५ मिनेट अगाडि उपस्थित हुन सबै सदस्यलाई अनुरोधसमेत गरेका छन् ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपति भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने पत्रमा उल्लेख गरिएको छ ।