
काठमाडौं – सरकारले भुमिहिन तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने बताएको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या दुई वर्षभित्र समाधान गरिने बताएकी हुन्।
उनले पुर्नस्थापना हुन बाँकी मुक्त कमैयाहरूका लागि रोजगारी र क्षमता विकासको कार्यक्रम सञ्चालन गरिने पनि बताइन्।



















