आमाको हत्या आरोपमा छोरा पक्राउ

Image
maya metro

धरान – धरानमा आफ्नै आमाको हत्या गरेको आरोपमा २५ वर्षीय सौगात सुवेदीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ।

उनले गत शनिबार धरान १४ मा आफ्नै आमा ४२ वर्षीया शान्तालाई ‘बाम्फोक’ प्रहार गरेका थिए। बाम्फोकको प्रहारबाट गम्भीर घाइते शान्तालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगिएको प्रहरीले जानकारी दिएको छ।

nisarga

उपचार सम्भव नभएपछि मंगलबार घर फर्काउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मंगलबार दिउँसो ३ बजे शान्ताको ज्यान गएपछि छोरा सौगातलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ। उनी डिप्रेसनको विरामी भएर औषधी सेवन गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आमालाई बाम्फोक प्रहार गरेका सौगातले आफ्नै घाँटी पनि रेटेका थिए। सामान्य चोट लागेकाले शनिबार नै उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरेर निको भएका प्रहरीले जानकारी दिएको छ।

सौगात शान्ताका सौतेनी छोरा भएको बताइएको छ। घटना के कारणले भएको भन्ने सम्बन्धमा अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ।