अत्तरियामा गेटा मेडिकल कलेज संचालनकालागि दवावमुलक कार्यक्रम

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा गेटा मेडिकल कलेज संचालनकालागी दवावमुलक कार्यक्रम आयोजना गरिएको छ । गेटा मेडिकल कलेज संचालनार्थ संघर्ष समितिले बुधबार अत्तरिया चौराहमा आधा घण्टा चक्काजाम गर्दै मेडिकल कलेज सन्चालनकालागी दवाव दिएको हो ।

चक्काजाम पश्चात् गेटा मेडिकल कलेजमा गइ कोणसभा गरिने समितिले जनाएको छ । नेपाल सरकारले जेष्ठ १० गते पेस गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज संचालनकालागी कुनै पनि कार्यक्रम प्रस्तुत नगरेपछि बिरोध स्वरुप दवावमुलक कार्यक्रमको आयोजना गरिएको समितिले जनाएको छ ।

nisarga

उनिहरुले मेडिकल कलेज तत्काल संचालन गर,स्वास्थ्य क्षेत्रमा संवेदनशिल बन सरकार लगायतका नारा पनि लगाइरहेका छन ।