
धनगढी – धनगढीमा वृद्ध भत्ता बुझ्न लाइनमा बसेका एक जनाको मृत्यु भएको छ।
धनगढी -१८ फूलवारीका ७४ बर्षिय गुलिराम चौधरीको मृत्यु भएको हो ।

वृद्ध भत्ता बुझ्न धनगढी उपमहानगरपालिका १८को वडा कार्यालय पुगेका चौधरी एकाएक ढलेपछि उपचारका लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाईएको छ ।
उनी दम र सुगर रोगबाट पिडित रहेको जनाईएको छ ।


















