
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ५ मा निर्माणाधिन गेटा मेडिकल कलेज संचालनकालागी दवाब दिन भन्दै संर्घष समिति गठन गरिएको छ ।
बुधबार अत्तरियाका युवा लोकराज पाण्डे(आगो)को संयोजकत्वमा गेटा मेडिकल कलेज संचालनार्थ संर्घष समिति गठन गरिएको हो ।

समितिमा हालका लागी ३१ जना सदस्य राखीएको छ । समितिले बुधबार दिँउसो विरोध स्वरुप अत्तरियामा आधा घण्टा चक्काजाम गरे पश्चात निर्माधिन कलेजको गेटमा ब्यानर राखेको थियो ।
विरोध कार्यक्रममा स्वस्र्फतरुपमा अत्तरियाका युवाहरुले सहभागीता जनाएका थिए । समितिले भोलीदेखी चरणवद्धरुपमा विरोधका कार्यक्रम गर्ने पनी संयोजक आगोले बताएका छन् ।


















