
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका ४ ओटा सहकारीले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गरेका छन । नगरपालीकाभित्र समान उदेश्य भएका जिवनज्योती महिला विकास बहुउद्देश्यीय सहकारी ,सृजनशिल महिला विकास बहुउद्देश्यीय सहकारी, विश्वज्योती महिला विकास बहुउद्देश्यीय सहकारी,र प्रगती महिला विकास बहुउद्देश्यीय सहकारीले संयुत्तरुपमा एक कार्यक्रमको आयोजना गर्दै गोदवरीका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गरेका हुन् ।
कार्यक्रममा गोदावरी नगरपालकाका नगरप्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदा रोकाया सहित १२ वटै वडाका वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा ४ वटै सहकारीका अध्यक्ष पुनम कार्की, लक्ष्मी बिनाडी ,तुलसी देवकोटा र डम्मरी जैगडीले जनप्रतिनिधिहरुलाई खादा र मालाले स्वागत गरेका थिए ।
उनीहरुले सहकारी क्षेत्रमा नगरपालिकाले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए ।


















