
अत्तरिया – कैलालीको गेटा मेडिकल कलेज संचालनको माग गर्दै सरोकारवाला हरुलाई ज्ञापनपत्र बुझाईएको छ । बिहिबार गेटा मेडिकल संचालनार्थ संघर्ष समिती अत्तरियाले कैलालीका सबै सरोकारवालाहरुलाई ज्ञापनपत्र बुझाएको हो ।
समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई,धनगढी उपमहानगरपालीका मेयर गोपाल हमाललाई ज्ञापनपत्र बुझाएको छ । त्यसैगरी नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी,राष्ट्रीय जनमोर्चा,राष्ट्रीय प्रजातन्त्र पार्टीका प्रदेश प्रतिनधीहरुलाई पनी समितिले ज्ञापनपत्र बुझाएको छ ।

त्यस्तै समितिले कैलालीको गोदावरी नगरपालीकालाई पनी ज्ञापनपत्र बुझाएको छ भने कैलाली तथा कञ्चनपुरका अन्य नगरपालीकाहरुलाई पनी ज्ञापनपत्र बुझाउने जनाएको छ । ज्ञापनपत्रमा तत्काल मेडिकल कलेज संचालनमा ल्याउनु पर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडी बढाउनु पर्ने, मेडिकल कलेज संचालनका लागि आगामी आर्थिक बर्षमा आवश्यक बजेट विनियोजन गरिनु पर्ने लगायतका माग राखिएका छन ।


















