गेटा मेडिकल कलेज संचालनकालागी दवाब दिन हस्ताक्षर अभियान

Image
maya metro

अत्तरिया – कैलालीको गेटा मेडिकल कलेज संचालनका दवाब स्वरुप हस्ताक्षर अभियान सुरु गरिएको छ

। शुक्रबार गेटा मेडिकल संचालनार्थ संघर्ष समिती अत्तरियाले अत्तरिया चौराहबाट हस्ताक्षर अभियान सुरु गरेको हो । गेटा मेडिकल कलेज तत्काल संचालनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको समितिका संयोजक लोकराज पाण्डे आगोले बताएका छन् । अभियान कलेज,स्कुल लगायतका ठाँउहरुमा पनी संचालन गरिने जनाईएको छ । यसअघि समितिले सरोकारवाला सबैलाई ज्ञापनपत्र बुझाईसकेको छ ।

nisarga

समितिले तत्काल मेडिकल कलेज संचालनमा ल्याउनु पर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडी बढाउनु पर्ने, मेडिकल कलेज संचालनका लागि आगामी आर्थिक बर्षमा आवश्यक बजेट विनियोजन गरिनु पर्ने लगायतका माग राखेको छ ।