बैतडीमा कुटपिटबाट एक जनाको मृत्यु

Image
maya metro

बैतडी – बैतडीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको पुर्चाैडी नगरपालिका–३ ढुङ्गाबिसौनाका ४५ वर्षीय गोविन्द पार्कीको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

२५ गते राति बोहराले कुटपिट गरी घाइते भएका पार्कीको सोमबार गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मुत्य भएको प्रहरीले बताएको छ। कुटपिट गरेको आरोपमा ढुङ्गाबिसौनाकै ४६ वर्षीय पुरनबहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको बैतडी प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

nisarga

घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीले बताए।