कैलालीसहित १८ जिल्लाका नदीमा पानीको बहाव बढ्ने सम्भावना

Image
maya metro

अत्तरिया –  बाढी पूर्वानुमान महाशाखाले कैलालीसहित १८ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेको जनाएको छ। आइतबारसम्म साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गर्दै महाशाखाले शुक्रबार सूचना जारी गरेको थियो।

महाशाखाले सुदूरपश्चिमका बैतडी, अछाम, डोटी, डडेलधुरा, दार्चुला र कैलाली जिल्ला आसपास भई बहने साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको खतरा रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ।

nisarga

यस्तै रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा खोलामा पनि बाढी आउन सक्ने महाशाखाले जनाएको छ।