स्वास्थ्य सेवा सुदृढिकरणको लागि महाकाली नगरपालिकाले छुट्टयायो चार करोड बजेट

Image
maya metro

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकाले स्वास्थ्य सेवा सुदृढिकरणको लागि झण्डै चार करोड बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने गरी कुल ३ करोड ९५ लाख ७० हजार रुपैया बजेट विनियोजन गरेको हो ।

नगरपालिकाले संघीय सर्शत अनुदान अन्तर्गत स्वास्थ्य क्षेत्र सुधार तथा सञ्चालनको लागि ३ करोड १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महाकाली नगरपालिकाले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा सम्बृद्ध महाकाली निर्माणमा टेवा भन्ने मूल नाराका साथ स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरेको हो ।

nisarga

सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाले चालू आर्थिक वर्षमा स्वस्थ्य सेवा पहुँचबाट टाढा रहेको वडा नम्बर १ को कोटमा सहरी स्वास्थ्य इकाई स्थापना गर्ने भएको छ ।

यस्तै महाकाली नगरपालिका वडा नम्बर ७ धापस्थित स्वास्थ्य चौकीमा ल्याब सेवा स्थापना हुने भएको छ । ल्याब सेवा सञ्चालनको लागि नगरपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

नगरपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुले पाउदै आएको भत्तालाई निरन्तरता दिदै बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीलाई थप प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।

जिल्लामा एचआईभी एड्सको परीक्षण तथा परामर्श सेवाको लागि ५ लाख बजेट विनियोजन गरिएको छ । नगरपाकिाले बैतडी प्लस संस्थासँग मिलेर यो कार्यक्रम गर्न लागेको हो ।