
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत सुर्योदय सामुदायिक वन अतिक्रमणको चपेटामा परेको छ । स्याउले बजार नजीकै रहेको वनको भुभाग पछील्लो समय अतिक्रमणमा परेको हो । वनको भुभाग अतिक्रमण गरी धनगढी दिपायल फास्ट ट्रयाकको छेउछाउमा काठ तथा टिनका खोकाहरु राखीएको छ भने करिब ३ किलोमिटर माथीसम्म भु भाग ओगटीएको छ।


धनगढी दिपायल फास्ट ट्रयाकको काम सुरु हुने संकेत देखीएदेखी सडकको छेउछाउमा वन अतिक्रमण गरी खोकाहरु राखीएको बताईएको छ । वन समितिकै व्यत्तिले वन अतिक्रमण सुरु गरेको वनका उपभोत्ताले बताएका छन् । वनकी अध्यक्ष जगतरा देवि सिंह तथा सचिव ले नै वनको भुभाग अतिक्रमण गरी खोका राखेका छन् स्थानीय बलराम खड्काले “उनीहरुले राखेको देखेपछी स्याउले तथा जमुनानगरका स्थानीय पनी आएर डोरी तथा खाँबा हालेर भु भाग ओगटेर गएका छन् ।” सिसमको रुखै समेत काटेर अतिक्रमण गरीएको उनले बताएका छन् । वन अतिक्रमणमा पर्दा उचित कदम चाल्नुपर्ने समितिकै व्यत्तिहरुले अतिक्रमण सुरु गर्न थालेपछी स्थानीयले विरोध गरेका छन् ।

स्थानीयले अतिक्रमण भएमा कानुनी प्रकिया पुर्याएर कारबाहि गर्नुपर्ने समितिले नै मिलेमतोमा अतिक्रमण सुरु गरेको बताएका छन् । पहिले सानो भु भाग कसैले लिँदा समेत विवाद गर्न जाने समितिका पदाधिकारीहरु अहिले आफै अतिक्रमणमा उत्रिएका छन् अर्का स्थानीयले नाम नखुलाउले शर्तमा सुदूर टाईम्स संग भने “स्याउले चौराह नजीकैका केहि व्यत्तिहरु वर्षौदेखी त्यहि खोकाबाट गुजारा गर्दै आएका छन् तर पछील्लो समय हुनेखानेहरुले नै भाडामा लाउने उदेश्यसहित नियोजित रुपमा जमीन ओगटेका छन् , आफै संलग्न भएकोले समिति पनी मौन छ ।”

वनले विना कुनै मापदण्ड मनोमानी ढंगले नाली समेत खनेको ति स्थानीयले बताएका छन् । यसबारे वनकी अध्यक्ष जगतरा देवी सिहं संग बुझ्दा कस्ले अतिक्रमण गर्यो भन्नेबारे आफुलाई कुनै जानकारी नभएको बताएकी छन् । आफ्ना विरोधीहरुले अध्यक्ष र सचिव ले नै अतिक्रमण गर्यो भन्दै हल्ला फैलाएको उनको आरोप छ । ति खोकाहरु पहिले देखी नै त्यहिँ थिए उनले भनीन्“अहिले केहि माथी सरेका हुन् अतिक्रमण नै गरेको होईन् ।” तिन किलोमिटरमाथीसम्म नै डोरी हालेर वनको भुभाग ओगटीएको भन्ने सुन्नमा आएको तर कस्ले ओगटेको हो भन्नेबारे कुनै जानकारी नभएको उनले बताएकी छन् ।

उनले एक महिनादेखी आफु काठ चिरान,व्यवस्थापन,वितरण लगायतका काममा व्यस्त भएकोले त्यतातिर ध्यान दिन नपाएको बताएकी छन् । वनको भुभाग ओगटेको पाईए कानुन बमोजीम अघि बढ्ने उनले बताएकी छन् ।
सव डिभीजन वन कार्यालय अत्तरियाका अधिकृत निरञ्जन कडालले यसबारे आफुकहाँ अहिलेसम्म कुनैपनी जानकारी नआएको र आजै थप बुझ्ने बताएका छन् ।















