महाकालीमा मोटरेबल पुल निर्माण हुने

Image
फाईल फोटो
maya metro

दार्चुला – दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण हुने भएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको छार्चुम जोड्ने गरेर महाकाली नदीमाथि पुल बनाउन लागिएको हो।

मोटरेबल पुल निर्माणको शिलान्यास गर्नका लागि तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिएका छन् । दार्चुलामा महाकाली नदीमाथि भारतसँग जोड्ने सातवटा झोलुङ्गे पुल सञ्चालनमा छन्।

nisarga

दुईवटा पुल निर्माणाधीन अवस्थामा रहेका छन् भने थप केही पुल निर्माणका लागि पहल भइरहेको छ। मोटरेबल पुल नहुँदा भने आवागमनमा समस्या कायमै रहेको छ।

केही दिन पहिले मात्रै पुल निर्माणको टेन्डर कार्य सम्पन्न भएको छ। चन्डिगढको निर्माण कम्पनीले पुल निर्माणको ठेक्का प्राप्त गरेको छ।

अबको एक/डेढ महिनाभित्रै सम्झौता कार्य टुङ्ग्याएर पुल शिलान्यास गर्ने तयारी छ।

यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार आवागमनलाई बलियो बनाउन तथा दुवैतर्फको समुदायबीच रहेको सम्बन्ध र सम्पर्कलाई थप मजबुत बनाउन भूमिका खेल्ने बताईएको छ ।

नेपाल–भारत आउजाउ गर्न दार्चुलाको महाकाली नदीमा झोलुङ्गे पुल र धेरै स्थानमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ।