दार्चुलामा एमालेबाट गणेश ठगुन्ना सर्वसम्मत सिफारिस

Image
maya metro

दार्चुला – नेकपा (एमाले) दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस भएको छ ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभामा प्रतक्षतर्फ ठगुन्नाको नाम एकल सिफारिस गरिएको नेकपा (एमाले) दार्चुलाका उपसचिव एबं प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिए ।

nisarga

२०७० सालमा नेपाली कांग्रेशका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडू र २०७४ सालमा नेपाली कांग्रेसकै बिक्रमसिंह धामीलाई हराउँदै एमाले नेता ठगुन्ना लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।