
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१ स्थित बाँसबारी टोलबाट ७ हजार लिटर अवैध मदिरा बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी ) हिरा सिंह महराको कमान्डमा बिहिबार (आज) दिउँसो खटिएको टोलीले तीनवटा घरबाट ७ हजार लिटर अवैध मदिरा बरामद गरेको हो।

बरामद मदिरा प्रहरीले नष्ट गरेको छ । डिएसपी महराको कमान्डमा खटिएको टोलीले आजै अत्तरियाबाट अनैतिक गतिविधिमा संलग्न १९ जनालाई नियन्त्रणमा लिएको थियो । बरामद मदिरा प्रहरीले नष्ट गरेको छ















