गेटामा शहीद दशरथ चन्दको शालिकसहित पार्क निर्माण गर्न माग

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी ५ स्थित गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा शहीद दशरथ चन्दको शालिकसहित पार्क निर्माण गर्न माग गरिएको छ ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालय र सरोकारवालासंग सो माग गरिएको समन्वय समितिका सदस्य लोकेन्द्र धामीले बताए । पहिलो चरणको अनौपचारिक छलफल सकरात्मक भएको धामीले बताए ।

nisarga

देशका निम्ति योगदान दिने व्यक्तिलाई कदर गर्नुपर्ने भन्दै समितिले उक्त माग राखेको उनको भनाई छ ।

तत्कालिन जहानीया राणा शासनको अन्त्यका लागि आफ्नो जीवन बलिदान गर्ने चार शहीदमध्ये दशरथ चन्द पनि एक हुन् ।

तत्कालीन राणा सरकारले विसं १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।

गेटा स्थित विश्वविद्यालयको नाम चन्दकै नामबाट नामाकरण गरिएको हो ।