
अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा गोदावरी नगर कमिटिले ३५ सय बिरुवा रोपेको छ।
हाम्रो गोदावरी राम्रो गोदावरी अन्तर्गत वर्षायाम सुरु भएसगैं गरिएको उक्त अभियानमा ३५ सय बिरुवा रोपिएको जनाइएको छ ।

ज्येष्ठ नागरिक समाजको भवन प्रांगण, सुप समावेशी आधारभूत विद्यालयको प्रांगण, महिला तथा बालबालिका सेभ हाउसको प्रांगण, विभिन्न मन्दिर परिसर तथा अत्तरिया धनगढी ६ लेन सडकखण्डमा मौसमी फूलसहित विभिन्न प्रजातीका बिरुवाहरु रोपिएको रास्वपा गोदावरीले जनाएको छ ।















