
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–९, सेहरीस्थित भित्री सडक खण्डबाट खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–८, मझगाउँका ३० वर्षीय अशोक चौधरी र २४ वर्षीय दीपक चौधरी रहेका छन्।
शनिबार अपराह्न लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले शंकास्पद रूपमा हिँडिरहेका अशोकको साथबाट १ ग्राम ७४० मिलिग्राम र दीपकको साथबाट ८२० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, दीपकको साथबाट नगद ३५ हजार ३०० रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ। दुवैजनामाथि थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।















