राप्रपाकी प्रदेश सभा सदस्य खेमा विष्टका स्वकिय सचिवले त्यागे पार्टी(भिडियो)

Image
maya metro

अत्तरिया – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी विष्टका स्वकिय सचिव विराज विष्टले पार्टी परित्याग गरेका छन् । विष्टले आज अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् ।

राप्रपा कैलाली-४ (ख) का सचिव समेत रहेका बिष्टले बदलिँदो राजनीतिक परिवेश, आफ्ना वैचारिक प्राथमिकता तथा समाजसेवाको नयाँ यात्रालाई थप प्रभावकारी बनाउने उद्देश्यले पार्टी छाड्ने निर्णय गरेको बताएका छन्। उनले यो निर्णय व्यक्तिगत तथा राजनीतिक दुवै कारणले प्रेरित भएर भएको बताएका छन्।

nisarga

राप्रपामा रहँदा राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक मूल्य–मान्यता र जनताको हितका लागि इमानदारीपूर्वक काम गरेको स्मरण गर्दै पार्टी नेतृत्व, सहकर्मी, शुभेच्छुक तथा समर्थकप्रति उनले आभार व्यक्त गरेका छन् ।

प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीको सचिवालयमा रहेर पनि काम गरिसकेका उनले राजनीतिक दलको सदस्यता त्यागे पनि राष्ट्र, समाज र जनताप्रतिको आफ्नो दायित्व नटुट्ने स्पष्ट पार्दै अब शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास तथा स्थानीय समस्याको दीर्घकालीन समाधानका लागि अझ सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

“देशभन्दा ठूलो कुनै दल हुँदैन, जनताभन्दा ठूलो कुनै शक्ति हुँदैन,” भन्दै विष्टले सत्य, सुशासन, निष्पक्षता र समाज रूपान्तरणको अभियानमा आफ्नो यात्रा निरन्तर रहने बताएका छन् ।