गेटा खानेपानीको अध्यक्षमा लोकेन्द्र धामी दोहोरिए

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका ५ स्थित गेटामा रहेको गेटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा लोकेन्द्र धामी दोहोरिएका छन् ।

समितिको शनीबार आज बसेको तेस्रो चुनावी साधारण सभाले अध्यक्षमा धामीलाई नै दोहोर्याउने निर्णय गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा भानदेव पनेरु र सचिवमा ईगेश विष्ट पनि दोरिएका छन् ।

nisarga

समितिको कोषाध्यक्षमा विमला कडायत चयन भएकी छन् भने सह–सचिवमा किरण भट्ट चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अमृत बम, दिल बहादुर विक, बलदेव भट्ट र निर्मला बोहरा चयन भएका छन् ।