
अत्तरिया – कैलालीमा बालकलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–८ का २६ वर्षीय सागर चौधरी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
चौधरीले मंगलबार मध्यान्ह कैलालीको राजिपुरमा सोहि ठाउँका विशाल बोहरालाई ठक्कर दिएर फरार भएका थिए । घटना लुकाउन जुक्ती लगाउँदै उनले घटना भएको समयमा लगाएको कपडा, जुक्ता अलग अलग ठाउँ राखेका थिए ।

उनले चलाएको से.७ प.४७९० नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलको पछाडि सवार २६ वर्षीय राजेश डंगौरा थारु लाई समेत आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घाइते बालकको निर्सग अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















