अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा कैलालीको गोदावरीमा दुई सैनिक घाइते

Image
maya metro

अत्तरिया – कैलालीमा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका छन् ।

बिहिबार (आज) बिहान गोदावरी नगरपालिका-४ स्थित गोदावरी बनदेवि फाईरिङ रेन्जमा देविदल गण आर्मी ब्यारेक तेघरीमा संचालन भएको सैन्य तालीमकाक्रममा प्लाष्टिक ह्याण्ड ग्रिनेट बम विस्फोट हुँदा दुई सैनिक घाइते भएका हुन् ।

nisarga

घाइते हुनेमा सहायक सेनानी बिक्रम कार्की र सैनिक जवान रंजित थारु रहेका छन् ।

उनीहरुको आर्मी अस्पताल बोराडाडीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरासिंह महराले जनाएका छन् । दुवैको अवस्था मध्यम रहेको जनाइएको छ ।